काठमाण्डौं/ कपनमा डेरा गरी बस्ने जाजरकोटकी संगीता शाह ११ असोजमा कोठाभित्र मृत फेला परिन् । केही समय अघिदेखि कपनमा डेरा लिएर बस्न थालेकी संगीताको कोठाभित्रै शंकास्पद मृत्यु भएको थियो । उनका श्रीमान् चार वर्षदेखि वैदेशिक रोजारीमा पोर्चुगलमा छन् । उनका एक छोरा छन् । प्रहरीले यो घटनामा आत्महत्या दुरुत्साहनको आरोपमा जाजरकोटको भेरी नगरपालिका–४, रानीगाउँका साजन विकलाई पक्राउ गरेको छ । उनी चार दिनदेखि प्रहरी थुनामा छन् ।
विकमाथि प्रहरी वृत्त महाराजगञ्जको टोलीले थप अनुसन्धान जारी राखेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले घटनाबारे अनुसन्धा भइरहेको बताए । “हामीले एकजना युवालाई पक्राउ गरेका छौँ । अहिले आत्महत्या दुरुत्साहन मुद्दा चलाएका छौँ, “उनले भने, “थप पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे स्पष्ट हुन्छ । “ मृतक संगीता ससुरा शेरबहादुर राउत भने घटना शंकास्पद देखिएको र पोष्टमार्टम रिपोर्ट नआउँदासम्म शव नबुझ्ने बताउँछन् ।
कोठाभित्र शव शंकास्पद रूपमा फेला परेको भनिएको छ,“ उनले भने, -कोठाको झ्यालमा डोरी लगाएर आत्महत्या गर्न सम्भव हामीले मानेका छैनौँ ।
प्रहरीको अनुसन्धानबाट साजन र संगिताको पुरानो चिनजान रहेको खुलेको छ । संगीताका छोरालाई होस्टलमा राखेर पढाउँदै गरेको ससुरा शेरबहादुरले बताए । “मेरो १५ वर्षको नातिसमेत छ । नाति चाहिँ होस्टलमा बस्थ्यो । बुहारीको मृत्युको घटनाले हामी स्तब्ध छौँ । सत्यतथ्य त अनुसन्धानले देखाउँला – उनले भने । प्रहरीको अनुसन्धनमा संगीताको मृत्यु भएको दिन साजन उनको कोठमा पुगेको खुलेको छ ।









