नेपालगन्ज / सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र एक जना घाइते भएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन् । अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा आपसमा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् ।
प्राधिकरणले घटनाबारे थप विवरण संकलन भइरहेको जनाएको छ । दुर्घटनाको कारण तथा क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।









