नेपालगन्ज/ नेपालगन्ज १२ कोरियनपुर स्थित लक्ष्मी बिजुली भण्डारमा भिषण आगलागी भएको छ ।
घर-घरमा लक्ष्मी पुजा भईरहेको बेला आईतवार साँझ आगलागी भएको हो ।
नेपालगन्ज, कोहलपुरका चार दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीद्वारा आगलागी नियन्त्रणको प्रयास गरिएको थियो ।
जे एस स्कुल नजिक रहेको सो पसलको गोदाममा भएको सो आगलागीबाट वरिपरि रहेका नजिकैका घरहरु समेत जोखिममा भएपछी सबै घरका मानिसहरुलाई बाहिर निकालिएको थियो ।
साँघुरो गल्लीमा रहेको सो गोदाममा भएको आगलागी नियन्त्रणमा लिन असहज भएको थियो ।
वडा नम्वर १२ का वडाध्यक्ष तरुण बज्राचार्यका अनुसार, आगलागी नियन्त्रण हुने क्रममा छ ।
अमर ओलिले संचालन गरेको उक्त भण्डारमा के कसरी आगलागी भएको एकिन नभएको बताईएको छ ।









