पुष्पलाल चौकमा आगलागी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जका व्यवसायी हरि प्रसाईको घरमा आगलागी भएको छ ।

प्रसाईको सुर्खेतरोड, पुष्पलालचोक नजिकैको घरमा शुक्रबार राती आगलागी भएको हो ।

उक्त घरमा रहेको फोटोफ्रेम पसलको सटरबाट आगो देखिएपछि स्थानीयले तत्कालै प्रहरी र दमकललाई खवर गरेका थिए ।
प्रहरी र तत्काल उपलब्ध दमकलका कारण छोटो समयमा आगो नियन्त्रणमा आएको प्रत्यक्षदर्शीले बताए ।

आगलागीबाट नेपाल लाइफ इन्स्योरेन्सको पहिलो तल्ला तथा ग्राउन्ड फ्लोरका दाजुभाइ ट्रेडर्स, फोटो फ्रेम पसल र  जोडिएको मोटरपार्टस् पसलमामा क्षति पुगेको छ ।

आगलागीको खबर थाह पाउनासाथ नेपालगन्ज उपमहानगरपालिका सहित विभिन्न ठाउँका पाँच वटा दमकल पुगेका थिए । तत्काल दमकल पुग्दा आगो नियन्त्रणमा सम्भव भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार, क्षतिको यकिन भएको छैन ।

  • ६ मंसिर २०८३, शनिबार प्रकाशित

  • Nabintech