नेपालगन्जमा ईमान्दारीता उत्सब हुदै

असल शासन प्रतिनिधि

नेपालगन्जमा ईमान्दारीता उत्सब हुदै

नेपालगन्ज/मंसिर १८ गते/भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस तथा बासको १९औं बार्षिकोत्सबको अवसरमा नेपालगन्जमा ईमान्दारीता उत्सब (Integrity Festival)  हुने भएको छ ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालगन्जको अगुवाईमा सो सम्मेलन हुन लागेको हो । हरेक बर्ष भ्रष्टाचार बिरुद्धका विभिन्न कार्यक्रमहरु गरि दिवस मनाईरहेको बासले यस बर्ष सदाचार उत्सब मनाउने निर्णय गरेको हो । बार्षिकोत्सब तयारीका लागि बासले केन्द्रीय महासचिब शिब कुमार बर्माको संयोजकत्वमा ११ सदस्सीय बार्षिकोत्सब तयारी मुल समिति गठन गरेको छ । समितिको सहसंयोजकमा कमल शाही चयन भएका छन् भने सदस्यहरुमा क्रमशः नमस्कार शाह, मोहनलाल सोनखर, लुना बुढाथोकी, दशरथ प्रशाद कोरी, नोरी कुमारी चौधरी, दिला शाह, मुना बिष्ट, राधिका गिरी र मकबुल अहमद मुकेरी लाई चयन गरेको छ । यसैगरी बार्षिक उत्सबलाई भब्यताका साथ सम्पन्न गर्न विभिन्न ७ ओटा समितिहरु गठन गरिएको छ । यसरी गठन गरिएका समितिहरुमा बासका उप निर्देशक हेमराज भट्टको संयोजकत्वमा सचिवालय समिति चयन गरिएको छ जसको सदस्यहरुमा रुपा चौधरी, मन्जु बर्मा, शुद्ध प्रशाद चौधरी र सिन्धु धर्कत्वा रहेका छन् । कार्यक्रमको प्रचार प्रसारका लागि मन भण्डारीको संयोजकत्वमा मकबुल अहमद मुकेरी, मुना बिष्ट, छबीलाल सुनार र खेम बिष्ट रहेका छन् । यसैगरी कार्यक्रमका अतिथिहरुको स्वागतका लागि दिला शाहको संयोजकत्वमा मुना बिष्ट, राधिका गिरी, नोरी कुमारी चौधरी र बिन्दु बस्नेत रहेका छन् । कार्यक्रमको मन्च ब्यवस्थापनका लागि शुद्ध प्रशाद चौधरीको संयोजकत्वमा सिन्धु धर्कत्वा, लक्ष्मी केसी, जनक थापा र लोक बहादुर घर्तीमगर रहेका छन् । उता कार्यक्रममा स्वयम् सेवक परिचालन समितिको संयोजकमा शम्भु शाहीलाई चयन गरेको छ जसको सदस्यहरुमा दिपा चौधरी, पद्मकला थापा, निश्चल न्यौपाने र प्रतिक्षा सुनारलाई चयन गरेको छ । यसैगरी सास्कृतीक समितिको संयोजकमा शोभा थापामगरलाई चयन गरेको छ भने समितिको सदस्यहरुमा लोक बहादुर घर्तीमगर, मिना घर्तीमगर, शर्मिला थापा र अनिल थापालाई चयन गरेको छ । उता भ्रष्टाचार बिरुद्ध बिद्यार्थीहरुलाई जागरण गर्नका लागि असल शासन बिद्यार्थी जागरण समिति चयन गरिएको छ । यसरी गठन गरिएको समितिको संयोजकमा रबीन्द्र बोहरालाई चयन गरिएको छ । समितिको सदस्यहरुमा शोभा थापामगर, लोक बहादुर घर्ती मगर, अनिल थापा र शर्मिला थापालाई चयन गरिएको छ । यहि मंसिर २४ गते हुने कार्यक्रम नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयको हलमा हुने निश्चित भएको छ भने ईमान्दारीता उत्सबमा प्रमुख अतिथिको रुपमा राष्ट्रिय सूचना आयोगका प्रमुख सुचना आयुक्त कृष्ण हरी बाँस्कोटा लगायतका अतिथिहरु आउने निश्चित भएको छ ।

  • १८ मंसिर २०७६, बुधबार प्रकाशित

  • Nabintech