सिकेको शिपलाई ब्यवहारमा लागु गर्ने युवाहरुको प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज । माघ १४ गते ।
युवाहरुको क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा सञ्चालीत तिन दिने युवा नेतृत्व विकास तालिम आज सम्पन्न भएको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ११ को सहयोग तथा बास नेपालगन्जको आयोजनामा सम्पन्न तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रममा अतिथि कार्यवाहक वडा अध्यक्ष मुवारक अली सिद्धिकीले तालिमले युवाहरुमा नेतृत्व विकासको शिप प्रदान गरेकोमा खुसी ब्यक्त गरे । भोलीको नेतृत्व युवाहरुको हातमा भएकाले तालिममा सहभागी युवाहरुलाई वडाको हरेक काममा सहयोग तथा सुझाव दिन उनले अनुरोध गरे । तालिमको समापन कार्यक्रममा प्रतिक्रिया मन्तब्य राख्दै तालिमका सहभागि जागृती गुप्ताले तालिम निकै उपयोगी भएको बताईन् । तालिमले बोल्ने कलाको बिकास सँगै नेतृत्व विकास, ब्यक्तित्व विकास र सुचनाको हकका बारेमा जानकारी हासील गरेको बताईन् । तालिम पश्चात आत्म बिश्वास बढेको बताउदै सिकेको ज्ञानलाई ब्यवहारिक रुपमा लागु गर्ने प्रतिबद्धता गरिन् । यसैगरी तालिमका अर्का सहभागि ले तालिमले नेतृत्व शिप र ब्यक्तित्व विकासको बारेमा जानकारी भएको बताए । उनले तालिमबाट सिकेको शिपलाई ब्यवहारिक रुपमा लागु गर्ने प्रतिबद्धता गरे ।
समापन कार्यक्रममा तालिमका सहभागिहरुलाई अबिर लगाई प्रमाण पत्र बितरण वडाका का. वा. अध्यक्ष मुवारक अली सिद्धिकी, वडा सचिब सविता तिवारी, वडाका सल्लाहकार बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए । शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रमको समापन बासका अध्यक्ष रमेश सिटौलाले गरेका थिए । तालिममा वडा नम्बर ११ का ३० जना युवाहरुको सहभागिता रहेको थियो । तिनदिन सम्म चलेको तालिममा नेतृत्व विकास, ब्यक्तित्व विकास र सुचनाको हकका विभिन्न बिषयमा बासका अध्यक्ष रमेश सिटौला, उपनिर्देशक हेमराज भट्ट, प्रशिक्षक आशिष बर्मा र रबिन्द्र कर्णले सहजिरकण गरेका थिए । तालिम गैर सरकारी संस्था महासँघको हलमा भएको थियो ।

  • १४ माघ २०७६, मंगलवार प्रकाशित

  • Nabintech