सुशासन सबैको सरोकारको बिषय हो–मेयर पौडेल

असल शासन प्रतिनिधि

नवलपुर । माघ २४ ।
गैडाकोेट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले सुशासन सबैको सरोकारको बिषय भएको बताएका छन् ।
गैडाकोट नगरपालिकाको सहयोगमा बास नवलपुर शाखाले आज गैडाकोटमा आयोजना गरेको जनप्रतिनिधिहरुका लागि सूचनाको हक र सुशासन बिषयक एक दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रमामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख छत्रराज पौडेलले यस्तो बताएका हुन् । गैडाकोट नगरपालिकाको पहिलो प्राथमिकता आत्मनिर्भरता रहेको भन्दै पालिकामा सुशासन कायम भएमा मात्रै सो उद्धेश्य पुरा हुने उनको भनाई थियो । सुशासन कायम गर्न सबैसँग समन्वय गर्न नगरपालिका तयार रहेकाले नगरको समग्र सुशासन बहालीका लागि बाससँगको समन्वय आवश्यक हुने उनको भनाई थियो । उनले स्थानीय श्रोत साधनको प्रयोग गरि समृद्ध गैडाकोट निर्माणमा पालिका लागेको बताए । यसैगरी कार्यक्रममा बोल्दै गैडाकोट नगरपालिकाका उपप्रमुख बिष्णु कुमारी कडेंलले नगरमा भ्रष्टाचारको अन्त्य गरि सुशासन कायम गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताईन् ।
बास नवलपुर शाखाका अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शाखाका सचिब तेज रानाले गरेका थिए । बासका केन्द्रीय पदाधिकारीहरुको समेत उपस्थितीरहेको अभिमुखिकरणमा गैडाकोट नगरपालिका तथा वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिममा सुशासन र सूचनाको हकका विभिन्न बिषयमा बासका केन्द्रीय अध्यक्ष रमेस सिटौला र बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गर्ने कार्यतालिका रहेकोछ ।

  • २४ माघ २०७६, शुक्रबार प्रकाशित

  • Nabintech