सामाजिक रुपान्तरणका लागि संघर्षरत निर्मला

असल शासन प्रतिनिधि

 — निर्मला सुनार —
अध्यक्ष, दलित महिला सँघ (फेडो), नेपालगञ्ज, बाँके

तपाईको जीवनको आदर्श के हो ?
— मेरो जीवनको आदर्श राम्रा व्यक्तिहरुको राम्रो कामलाई फ्लोअप गर्दै नराम्रा कामहरुलाई पन्छाउँदै अघि बढ्ने हो ।

तपाईंको जीवनको उत्प्रेरक व्यक्ति ?
— मेरो जिवनको उत्प्रेरक व्यक्ति दलित महिला संघ (फेडो) का केन्द्रीय संस्थापक अध्यक्ष दुर्गा सोव हुनुहुन्छ ।

तपाईंले समाजका लागि के गरिराख्नु भएकोे छ ?
— मैले समाजका लागि जातिय तथा लैङ्घिक विभेद विरुद्ध अभियान चलाई रहेको छु ।

जीवनको अविश्मरणीय क्षण ?
— दलित समुदायको व्यक्ति भएकै कारण मैले एउटा बच्चालाई दुध खुवाउन पाएको थिएन, त्यो क्षण मैले भुल्न नसक्ने क्षण हो ।

तपाईंको बुझाईमा असल शासन भनेको के हो ?
— असल शासन भनेको जनताको शासन हो ।

समाजका लागि तपाईंको प्रतिबद्धता के छ ?
— दलित महिला भएकै कारण दोस्रो दर्जाको नागरिकको रुपमा बाँच्न बाध्य नभइ सम्मानित जीवन जिउन र सामाजिक रुपान्तरणका लागि जीवन भर लाग्नेछुँ ।

प्रश्तुती  : सिन्धु धर्कत्वा

  • १० फाल्गुन २०७६, शनिबार प्रकाशित

  • Nabintech