कर बुझाउने म्याद थप

असल शासन प्रतिनिधि

काठमाण्डौं / देशभरी चौतर्फि आलोचना भएपछि आन्तिरीक राजश्व विभागले कर बुझाउने म्याद थप गरेको छ ।
आन्तरिक राजश्व विभागले जेष्ठ २० गते एक सूचना जारि गर्दै करदाताहरुलाई जेष्ठ २५ गते भित्र अनिवार्य कर दाखिला खर्न भनेको थियो । विभागको सूचना सार्वजनिक भए लगत्तै कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको र सम्पूर्ण ब्यापार ब्यवसाय बन्द रहेको अवस्थामा कर बुझाउन सरकारले दवाव दिएको भन्दै त्यसको तिब्र बिरोध भएको थियो । बिरोध पछि आज पुनः नयाँ सूचना जारी गर्दै आन्तरीक राजश्व विभागले कर बुझाउने समयावधीलाई असार ७ गते सम्म बढाएको छ ।

  • २१ जेष्ठ २०७७, बुधबार प्रकाशित

  • Nabintech