विद्यालय भवन निर्माणमा अनियमितता, तीन वर्षदेखि भवन अलपत्र

असल शासन प्रतिनिधि

विद्यालय भवन निर्माणमा अनियमितता, तीन वर्षदेखि भवन अलपत्र

भावना शर्मा
रुकुम पश्चिम, २३ भदौ । रुकुम पश्चिम जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ९ झुला स्थित बालसेवा आधारभुत विद्यालयको दुई कोठे भवन तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । भवन निर्माणको लागि बिनियोजन भएको बजेटमा निर्माण समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकले समेत अनियमितता गरेपछि भवन निर्माण कार्य बेवारिसे बनेको हो ।

आर्थिक वर्ष ०७४/०७५ मा बाँफिकोट गाउँपालिकाको क्रमागत योजना अन्तर्गत सुरुवात भएको उक्त विद्यालय भवन अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । सुरुमा सात लाख बजेट बिनियोजन भएको यस भवनको अहिलेसम्म ६ ओटा पिलर मात्र उठाईएको छ ।

यसरी विद्यालय भवन अलपत्र अवस्थामा छोड्नुको कारण बजेटको अनियमितता भएको भवन निर्माण समितिका सदस्य प्रबिर जैसीले बताए । उनले सुरुवाती बर्षकै सात लाख बजेटमा १ लाख २१ हजार ३ सय ३० रुपैयाँ अनियमितता भएको दाबी गरे । यस बिषयमा उपभोक्ता समितिसँग स्थानीयले कुरा गर्दा भवन निर्माण समितिका अध्यक्ष बालाराम देवकोटाले आलटाल गरेको बताईएको छ । उनले  ७० हजार स्कुललाई दिइसकेको र बाँकी स्कुलको खाताको स्टमेट देखायपछी मात्रा दिने शर्त तेस्र्याएको बताईएको छ । बिद्यालयले आफनो खाताको स्टेट्मेन्ट नदेखाएपछि आफूले नदियको उनको दाबी छ ।

यता भवन निर्माण उपभोक्ता समितिको सचिव तथा विद्यालयकै प्रधानाध्यापक विष्णु खड्का शर्माले अध्यक्ष देवकोटाकोले गलत आरोप लगाएको बताएका छन् । उपभोक्ता समितिको अध्यक्षले कत्ति पनी पैसा विद्यालयलाइ नदिएको प्रधानाध्यापको भनाई छ । तर, निर्माण समितिका अन्य सदस्यहरुले पिलर बनाएर बचेकोे पैसा भवन निर्माया समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्याप दुबै मिलेर खाएको आरोप लगाएका छन् ।

सोहि वडाका वडाअध्यक्ष कविराम खत्रीले बजेट क्रमागत गर्ने र भवन निर्माण गर्ने उद्देश्यका साथ सुरुवात गरिएको उक्त योजनाको लागि पछिल्लो दुई वर्ष वडामा कम बजेट आएकाले भवन निर्माणको लागि बजेट थप्न नसकएिको बताए । रकम अनियमिता भएको भन्ने गुनासो बारे वडा अध्यक्ष खत्रीले बोल्न चाहेनन् ।

यता बिद्यालय भवनको भने अवस्था नाजुक रहेको छ । जस्तापाताको छानो भएको भवनको आधा भागलाइ भत्काएर पक्की भवन बनाउन सुरुवात गरेपछि भवन नै जोखिममा रहेको छ । नाजुक अवस्थामा रहेको भवनमा आफ्ना वालबालिका पठ्न पठाउन डर लाग्ने गरेको अभिभावकहरुको गुनासो छ ।

यसबारे स्थानीयले पटकपटक आवाज उठाएतापनि सम्बन्धित निकायले बेवास्ता गरेको बताएका छन् ।

  • २३ भाद्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech