श्रमिक खोज्न रामलिला मैदान जाउ

असल शासन प्रतिनिधि

नेपालगन्ज । भाद्र २८ गते ।
नेपालगन्जको मुख्य बजार त्रिभुबन चौक क्षेत्रमा मजदुरहरुका कारण कोरोना जोखिम बढ्न सक्ने भन्दै श्रम बजारको स्थान सारिएको छ ।
निकै पहिले देखि नेपाल तथा भारतका श्रमिकहरुको श्रम खोज्ने स्थानको रुपमा परिचित त्रिभुबन चौक स्थान परिवर्तन गरि नेपालगन्जको बुलबुलिया स्थित रामलिला मैदानमा सारिएको हो । रहेक दिन बिहान सयौको सख्यामा कामको खोजिमा त्रिभुबन चौक आउने र त्यहीबाट सम्पर्क गरि काममा जादै आएको मजदुरहरुको दैनिकी अब रामलिला मैदानबाट सञ्चालन हुने भएको छ । कोरोना कहरका बिच समेत भरी भराउ हुने त्रिभुबन चौक लाई स्थानान्तरण गरि अन्तः जिल्ला प्रशासन कार्यालयको पहलमा खुल्ला स्थान अर्थात रामलिला मैदान सरेको छ । भाद्र २८ गते बिहानै नेपालगन्ज उपमहानगरपालिका प्रमुख डाक्टर धवल शम्सेर राणा, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग, उप प्रमुख उमा थापा मगर, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल लगायत सरोकारवालाहरुको उपस्थितीमा त्रिभुबन चौकमा भेला भएका श्रमिकहरुलाई रामलिला मैदानमा सारिएपछि त्रिभुबन चौक सुनसान देखिएको थियो ।
श्रम बजारको केन्द्र रहेको सो स्थानमा स्थानीय चिया खाजा व्यवसायिहरुको व्यवसाय निकै फष्टाउदै आएकोछ । बर्षौ देखिको श्रम गन्तब्य केन्द्रको रुपमा स्थापित भईसकेको त्रिभुबन चौकबाट खुल्ला ठाँउमा स्थानान्तरण गरेपछि केही मजदुरहरुले स्थान खुल्ला भएपनि बस्न लगायतका आधारभुत आवश्यकता रामलिला मैदानमा नभएकाले ब्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । त्रिभुबन चौकमा मजदुर पाईन्छ भन्ने आम नागरिकमा रहीरहेको छाप मेटाउन नयाँ स्थानको प्रचार प्रसार गर्नुपर्ने कतिपयको जोड छ । सबै मजदुर स्थानान्तरण भएपछि स्थानीय व्यवसायि भने रुष्ट देखिएका छन् । कोरोना महामारिका बिच सारिएको स्थानका बारेमा बाँकेका कोरोना फकेल पर्सन नरेशबाबु श्रेष्टले भिडभाड कम गरि कोरोना रोग सर्ने बाटो तोड्न निकै महत्वपूर्ण कदम भनी यो पहलको सामाजिक संजालबाट खुसी ब्यक्त गर्दै सरोकारवालालाई धन्यबाद ज्ञापन गरेका छन् ।

  • २८ भाद्र २०७७, आईतवार प्रकाशित

  • Nabintech