बैतडीको खोड्पेमा रात्री बस दूर्घटना ९ को मृत्यु ८ को अवस्था गम्भिर

तिहारको मुखमा बैतडी शोकमा

भुबि बिष्ट

खोड्पे, बैतडी । बैतडीको खोड्पेमा विहीबार राति रात्री बस दूर्घटना भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस पाटन नगरपालिका ८ खोड्पे बजार नजिकै दुर्घटनामा परेको हो । बस दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ भने ८ जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । बस दुर्घटनामा गम्भिर घाईते ८ जना लाई थप उपचारका लागिे धनगढी रिफर गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । ८ जनाको घटना स्थलमै मृत्यु भएको र १ जनाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रमुख अधिकारीले जानकारी दिएका छन् ।
दशरथचन्द राजमार्गमा भएको दुर्घटनामा चालक सहित अन्य ३४ जना घाईते भएको बताईएको छ । बस सडकबाट करिव ५ सय मिटर तल खसेको थियो, दूर्घटनाको कारण भने खुल्न सकेको छैन । दूर्घटनामा मृत्यु हुने तिन जनाको मात्रै अहिले सम्म सनाखत भएको छ । प्रहरीका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ बर्षीय किर्तीका कार्की, बैतडीको दोगाडाकेदार गाउँपालिका ६ का रण बहादुर चन्द र दोगाडाकेदार ६ सित्तडका २७ बर्षिय करन सिंह ऐरको सनाखत भएको छ । हिन्दु नेपालीहरुको महान पर्व तिहारको हर्षोल्लासका बिच यात्रुहरुको ज्यान जाने गरि भएको दूर्घटनाले सिंगो बैतडी शोकमा डुबेको छ ।

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech