बिद्यालयहरुमा सुशासन सम्बन्धि अभिमुखिकरण

असल शासन प्रतिनिधि

रोल्पा/सहास नेपालको आयोजनामा रोल्पाको सुनिल स्मृति गाउँपालिकाका दुई बिद्यालयहरुमा सुशासन सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।

सुनिल स्मृति गाउँपालिका वडा नम्वर २ महिन्द्री स्थित ज्ञानोदय आधारभुत बिद्यालय र खुंग्री स्थित त्रिपुरेश्वरी माध्यमिक बिद्यालयमा सो गोष्ठी सम्पन्न भएको हो ।

स्ट्रोम फाउण्डेशन नेपालको सहयोगमा सहास नेपालद्धारा संचालित दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्तरगत उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

सुनिल स्मृति गाउँपालिका वडा नम्वर २ महिन्द्री स्थित ज्ञानोदय आधारभुत बिद्यालयमा भएको अभिमुखिकरणमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले असल शासन, असल शासनका आधारभुत तत्वहरु, भ्रष्टाचार बिरुद्ध बिद्यार्थीको भुमिकाका बारेमा प्रशिक्षण दिएका थिए । ३० बढि बिद्यार्थीहरु सहभागि रहेको सो अभिमुखिकरणमा बिद्यालयका प्रधानाध्यापकको उपस्थिती रहेको थियो ।

सुनिल स्मृति गाउँपालिका वडा नम्वर २ खुंग्री स्थित त्रिपुरेश्वरी माध्यमिक बिद्यालयमा भएको अभिमुखिकरणमा बासका निबर्तमान अध्यक्ष मन भण्डारीले असल शासन, असल शासनका आधारभुत तत्वहरु, भ्रष्टाचार बिरुद्ध बिद्यार्थीको भुमिकाका बारेमा प्रशिक्षण दिएका थिए । ४५ जनासहभागि रहेको सो अभिमुखिकरणमा सहास नेपालका प्रताब श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

  • १६ मंसिर २०७७, मंगलवार प्रकाशित

  • Nabintech