आईतबार विहान घण्टौं सम्म कहाँ गायब भयो नेपालगन्जको बिद्युत ?

असल शासन प्रतिनिधि

नेपालगन्ज / आईतबार सबेरै देखि नेपालगन्जका केही स्थानको बिद्युत सेवा गायव भयो । बिद्युत सप्लाईन बन्द हुदा बिहान नियमित घरायसी काम काज गर्ने तथा क्याम्पस जाने बिद्यार्थीहरु अध्यारोमा काम गर्न बाध्य भए । बिहान पौने पाँच बजे एकाएक बिद्युत सेवा अबरुद्ध भएपनि बिद्युत सुचारु होला र क्याम्पस जाउला भन्ने आसमा घण्टौं बसेका बिद्यार्थी अन्ततः अध्यारोसँगै क्याम्पस जान बाध्य भए ।
चौबिसै घण्टा अलर्ट रहनु पर्ने बिद्युतका कर्मचारीहरुको लापरवाहिका कारण झण्डै पौने पाँच बजे देखि अबरुद्ध नेपालगन्जको बोर्डर फिडरका सेवाग्राहीहरुको सास्ती खेप्नु पर्यो । एउटा पुरै फिडरकै बिद्युत सप्लाईमा समस्या आएपनि बिद्युतका कर्मचारीको टोली भने बिहान आठ बजेतिर मात्रै फिल्डमा जाने तयारीमा थियो । झण्डै तिन घण्टा सेवा अवरुद्ध भएकोमा के कारणले सेवा अवरुद्ध भयो, कहाँ समस्या छ भन्ने बिषयमा बिद्युत कार्यालय नै अनविज्ञता देखाईरहेको थियो ।
लामो समय बिद्युत सेवा अवरुद्ध भएपनि के कारणले बिद्युत सेवा अवरुद्ध भएको भन्ने बारे असल शासन डटकमले बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रमा टेलीफोन मार्फत सोधपुछ गर्दा समस्या बारे जानकारी हुन नसकेको  एक कर्मचारीले जानकारी दिए । उनले भने बोर्डर फिडर पुरै फल्ट छ कहाँ समस्या भएको हो त्यसको लागि एउटा टिम जाने तयारीमा छ । उनीसँग कुरा गरिरहदा बिहानको ७ बजेर ५० मिनेट भईसकेको थियो । किन ढिलाई भयो भन्ने प्रश्नमा उनले जवाफ दिन सकेनन् कर्मचारी ड्युटीमा नहुदा ढिलाई भएको उनको भनाईबाट प्रष्ट देखिन्थ्यो । यसले बिद्युत प्राधिकरणको लापरवाहि झल्काएको छ ।
जुनसुकै बेला पनि समस्या आउन सक्ने सेवा भएका कारण बिद्युत सेवामा कर्मचारीलाई सोही अनुसार खटाईएको हुन्छ तर बेलाबेलामा किन समाधान हुनुपर्ने समस्या समाधान हुदैन यसको जवाफ प्राधिकरणले आम नागरिकलाई दिनु पर्छ ।
यसैबिच नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रबाट टोली खटिएको आधा घण्टा बित्न नपाउदै बिद्युत सेवा सुचारु भएको छ । एका बिहानै देखि साडे तिन घण्टा लामो अबरुद्ध बिद्युत सेवा कर्मचारी फिल्डमा खटिएको आघा घण्टा बित्न नपाउदै सुचारु भएको हो । बिहान पौने नौ बजे देखि फिडर सुचारु भएको छ । सानो समस्याका कारण घण्टौ सम्म फिडरको सेवा अबरुद्ध हुदा सेवाग्राहीलाई त्यसले पारेको असरको जवाफ नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रले दिनु पर्छ ।

  • २६ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech