स्व. यादब प्रति अन्तिम श्रद्धाञ्जली अर्पण

असल शासन प्रतिनिधि

स्व. यादब प्रति अन्तिम श्रद्धाञ्जली अर्पण

नेपालगन्ज / संविधान सभा सदस्य, पूर्ब मन्त्री तथा नेकपा बाँके ईन्चार्ज दिनेशचन्द्र यादबलाई नेपालगन्ज स्थित नेकपा पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जली अर्पण गरिएको छ ।
भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य समेत रहेका यादबलाई कोरोना सक्रमण पुष्टी भएपछि उनको काठमाण्डौं स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहिवार निधन भएको थियो । काठमाण्डौं बाट सडक मार्ग नेपालगन्ज ल्याएको यादबको शब आज बिहान श्रद्धान्जलीका लाथि पार्टी कार्यालयमा राखिएको थियो ।
यादबको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जली दिन संविधान सभा सदस्य देशवराज भार, निबर्तमान सांसद महेश्वर गहतराज, मो. ईस्तियाक राई, नन्दलाल रोकाय, लुम्बिनी प्रदेशका बन मन्त्री लिला गिरी, सदस्य बाबुराम गौतम, आईपी खरेल लगायतका नेता तथा कार्यकर्ता र शुभचिन्तक उपस्थित भएका थिए । यादबको शब अन्तिम सस्कारका लागि उनको गृह नरैनापुर गाँउपालिका २ लक्ष्मणपुर लगिएको छ । आज नै उनको हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले बताएको छ ।
बि.स. २०७० सालको संविधान सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट उनी निर्वाचित भएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारमा खानेपानी राज्यमन्त्री रहेका थिए ।

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • Nabintech