प्रहरीद्वारा नीलगाईको उद्धार

असल शासन प्रतिनिधि

नेपालगन्ज– नहरको मध्यभागमा इन्तुचिन्तु अवस्थामा रहेको नीलगाईलाई प्रहरीले सकुशल उद्धार गरेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ४ क्षेत्रमा रहेको नहरमा नीलगाई फसेको थियो । स्थानीयले प्रहरीलाई जानकारी गराएपछि उद्धारका लागि इलाका प्रहरी कार्लय र वन कार्यालयको समन्वयमा प्रहरी टोली खटिएको थियो । अन्दाजी एक सय केजी तौलको उक्त गाईलाई वन कार्यालय कोहलपुरको जिम्मा लगाइएको छ । नीलगाई जंगलबाट बाटो बिराएर नहरमा फसेको हुनसक्ने बताइएको छ ।

  • १२ माघ २०७७, सोमबार प्रकाशित

  • Nabintech