जोखिम निम्त्याउँदै अटोरिक्सा

मुना विष्ट

कुरा यही बुधबारको हो म कार्यालयको काम सकेर स्कुटरमा घर फर्किदै थिएँ । नेपालगन्जको एकदमै व्यस्त रहने सुर्खेतरोडको वीपी चौकबाट कोरियनपुर जाँदै गर्दा एक्कासि अगाडिबाट अटो रिक्साले बाटो काट्यो । अटो रिक्सामा न त साइट लाइट थियो, न बाटो काट्नलाई कुनै संकेत गरेको थियो । म आफ्नै साइटमा जाँदै गर्दा एक्कासि अगाडिबाट आएको रिक्सासँग दुर्घटना हुनबाट थोरैले बचें । यो त एक दिनको घटना मात्रै हो । हरेक ठाउँमा हुने यस्तै जोखिमको कारण दुर्घटना बढेको पाइन्छ ।
अटो रिक्साको कारण पछिल्लो समय सडक दुर्घटना बढेको छ । दिनहुँजसो हुने सडक दुर्घटनाको मुख्य कारण अटो रिक्सा बनेको छ । रिक्सामा साइट लाइट नहुनु र चालक अनुमति पत्रबिना जसले पायो त्यसैले चलाउनुले पनि दुर्घटना हुने गरेको छ ।
सडकमा अस्तव्यस्त तरिकाले सञ्चालन हुने अटो रिक्साको कारण ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको छ । यसरी अस्त व्यस्त अटो सञ्चालनको कारण मेरै अगाडि धेरै दुर्घटनाहरू घटेको मैले देखेको छु । कति दिन त मेरो स्कुटर रिक्सामा ठोक्किएको छ । बाटो काट्ने समयमा अटो रिक्सा चालकले ट्राफिक नियमको पालना नगर्नु ठूलो समस्याको रूपमा रहेको छ । अस्त व्यस्त व्यवस्थापनका लागि सरकोकारवालाले धेरैपटक योजना बनाएको भए पनि योजना कार्यान्वयनमा ध्यान जान नसक्दा समस्या थपिँदै गएको छ । ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यान जाओस् ।

–नेपालगन्ज–१२

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • Nabintech