बारामा मेयरसहित ४ जना प्रहरी नियन्त्रणमा

असल शासन प्रतिनिधि


बारा  / किर्ते हस्ताक्षर गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढ नगरपालिकाका मेयरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

चालु आर्थिक वर्षको नगर परिषदमा उपमेयर रिमा देबी कुशवाहा सहित कार्यपालिका सदस्यहरूले अधिकाशं हस्ताक्षर किर्ते रहेको भन्दै उजुरी दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । चारजना मध्ये मेयर विजय शंकर यादवलाई भने तारेखमा छाडिएको छ ।

मेयर यादवलाई सोधपुछ पछि जुनसुकै बेला उपस्थित हुने शर्तमा छाडिएको र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिओम जयसवाल, लेखा अधिकृत सर्वेन्द्र चौधरी, र योजना अधिकृत जितेन्द्र यादवलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्याालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रहरीले नियन्त्रणमा लिएका चारैजनाको हस्ताक्षर जाँचका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । किर्ते गरेको प्रमाणित भए उनीहरूलाई सात वर्ष कैद र ७० हजार जरीवना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech