मेयरका स्वकीय सचिव श्रेष्ठको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवल शमशेर राणाका स्वकीय सचिव दिपक श्रेष्ठको निधन भएको छ ।
मष्तिष्कघात भई कोहलपुर मेडिकल कलेजमा उपचाररत श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो । मृतक श्रेष्ठको शव कोहलपुर मेडिकल कलेजबाट नेपालगन्ज स्थित उनको घरमा ल्याउने तयारी भइरहेको छ । आज नै राप्ती नदिमा उनको अन्तिम दाहसंस्कार गरिने बताइएको छ । श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर कार्य समिति सचिवसमेत थिए ।

  • ५ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech