खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कार

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँके निवासी कमल खत्री खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले खेल पत्रकार खत्रीलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको हो  । पुरस्कारसँगै खत्रीले नगद ५० हजार प्राप्त गरेका छन् ।

बासबाट प्रकाशन हुँदै आएकाे असल शासन पोस्टबाट नेपालगन्जमा रहेर पत्रकारिताको सुरुवात गरेका खत्रीले नेपाल समाचार पत्र हुँदै नागरिक दैनिक काठमाडौंमा रहेर खेल विटमा कलम चलाउँदै आएका थिए । पत्रकारितामा समर्पित खत्री केही वर्षदेखि नागरिक दैनिकको पश्चिम संस्करणको सम्पादकको रुपमा जिम्वारी सम्हाल्दै आएका छन् ।

यस्तै अन्य आठ खेलकुद पत्रकार खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका छन् । सम्मानित हुनेमा प्रदेशतर्फ प्रदेश-१ का हिमाल खरेल, प्रदेश-२ का रन्जनकुमार भण्डारी, बागमती प्रदेशका अनिल मल्ल ठकुरी, लुम्बिनीबाट माधवप्रसाद अर्याल, लुम्बिनी प्रदेशबाट मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट भुपेश उपाध्याय र सुदूरपश्चिमबाट सिताराम ओझाले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार महिलातर्फ राष्ट्रिय समाचार समितिकी मुना कार्कीले प्राप्त गरिन् । प्रोत्साहन पुरस्कारसँगै उनीहरुले २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन् । सम्मानित सबैलाई उनीहरुलाई युवा तथा खेलकुद मन्त्री दावा लामाले पुरस्कृत गरेका थिए ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech