बर्दियामा रोकिएन बाघ आतङ्क, फेरि एक युवतीको मृत्यु

असल शासन प्रतिनिधि

नेपालगन्ज– १० दिन अघि भैंसी चराउन गएकी बर्दिया राजापुर नगरपालिका– १० का ६५ वर्षीया लालबहादुर थारुलाई बाघले मारेको त्रास स्थानीयको मनमस्तिष्कमा ताजै छ । उक्त त्रासका बीच मधुवन नगरपालिका– ३, स्थित सामुदायिक वनभित्र घाँस काट्न गएकी २७ वर्षीया युवतीलाई बाघले मारेको छ । कोठियाघाट बजारकी २७ वर्षीया रिना सुनारको पाटेबाघले आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यलयले सूचना निकालेर वन र सामुदायिक वनमा गाईभैँसी चराउन तथा घाँसदाउरा लिन नजान पटक–पटक आग्रह गरिरहेको छ ।

चालु आर्थिक वर्षमा बर्दियामा मात्रै बाघको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

  • २६ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech