बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

असल शासन प्रतिनिधि

स्याङजा– १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ७ का ३३ वर्षीय भेलबहादुर थापा रहेका छन् । उनले बालिकालाई जबरजस्ती करणी गरी गर्भवतीसमेत बनाएको भन्दै उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech