पूर्ण खोप जिल्ला बन्यो बाँके

असल शासन प्रतिनिधि

बाँके/ जिल्लाभरका सम्पूर्ण बालबालिकाले पूर्ण खोपलगाएसँगै बाँके पूर्ण खोप जिल्लामा दर्ज भएको छ । शुक्रबार नेपालगन्जमा आयोजित घोषणा समारोहमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँके जिल्ला पूर्ण खोप जिल्ला भएको घोषणा गरे । पूर्ण खोप जिल्ला घोषणा गर्दै संयोजक श्रीवास्वले खोप सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला स्वास्थ्य कार्यालय बाँकेलाई प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले जिल्ला स्वास्थ्य कार्यालय बाँकेलाई प्रमाणपत्र प्रदान गर्दै बधाईसमेत ज्ञापन गरे । कार्यक्रममा ८ वटै पालिकाका प्रमुख, युनिसेफका प्रतिनिधि, स्वास्थ्य कार्यालयका खोप अधिकृत, स्वास्थ्य चौकीका प्रमुख, स्वयम् सेविकाको सहाभागिता रहेको थियो ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech