लापरबाहीले दैनिकजसो दुर्घटना बढ्दो

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज कोहलपुर सडक खण्डमा दिनहुजसो सवारी दुर्घटनाको क्रम बढीरहेको छ ।
तिब्र गति तथा सडक पार गर्ने क्रममा हुने दुर्घटनाबाट सबै भन्दा बढी मोटरसाईकल चालक पर्ने गरेको देखिन्छ । यसैबिच शुक्रबार नेपालगन्ज कोहलपुर सडक खण्डको गनापुरमा मोटरसाईकल दुर्घटना भएको थियो । कोहलपुरबाट गनापुर तर्फ आउदै गरेको मोटरसाईकल र साईकल एक आपसमा ठोक्कीएपछि सो दुर्घटना भएको हो । भे ३ प २२१ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिएपछि मोटरसाईकल र साईकल अनियन्त्रीत भएको थियो । मोटरसाईकल र साईकल चालक सडकमा लडेपछि स्थानीयले उद्धार गरेका थिए । घट्ना घटेको कही समय पछि घट्ना स्थल पुगेको प्रहरीले दुर्घटनाग्रष्त सवारी र चालकलाई नियन्त्रणमा लिएको थियो ।

  • ७ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech