श्रीमतीलाई चक्कु प्रहार गर्ने पक्राउ

असल शासन प्रतिनिधि

कञ्चनपुर– श्रीमतीमाथि चक्कु प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ धौलागिरी टोल बस्ने ३० वर्षीय धनबहादुर सार्कीले श्रीमतीलाई सुसुरालीमै चक्कु प्रहार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सार्कीले २६ वर्षीया श्रीमती रुपा सार्कीमाथि ससुरालीमा चक्कु प्रहार गरेकाले पक्राउ गरिएको बताए।

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech