वैदेशिक रोजगारबाट फर्किएकालाई आर्थिक सहयोग

असल शासन प्रतिनिधि

बाँके / बैदेशिक रोजगार बाट फर्किएका महिलाहरुलाई उत्साहि बनाउन आत्मनिर्भर बनाउने प्रयास गरिएकोछ ।

बाँकेको खजुरा गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएर व्यावसाय गरिरहेका ५ जना महिलाहरुलाई प्रतिव्यक्ति १५ हजारका दरले सहयोग गरिएको दलित महिला संघ बाँकेका सामाजिक परिचालक टिक कुमारी बिकले बताइन ।

दलित महिला संघले खजुरा गाउँपालिकामा एक कार्यक्रमका बिच रकम हस्तान्तरण गरिएको हो ।

सोही कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष,विभिन्न निकायका प्रतिनिधि तथा वैदेशिक रोजगारबाट फर्किएका महिलाहरु बिच छलफल पनि गरिएको दलित महिला संघ बाँकेका सामाजिक परिचालक बिकले बताईन ।

कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया बिकले व्यावसाय क्षेत्रमा लागेका व्यक्तिहरुलाई थप उत्साही बनाउन प्रयासरत रहेको बताईन ।

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech