आईतबार नेपालगन्जमा प्रथम नागरिक सम्मेलन हुदै

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्जमा आईतबार बाँके जिल्ला स्तरिय प्रथम नागरिक सम्मेलन हुने भएको छ ।
गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको आयोजनामा पहिले पटक बाँकेमा सो सम्मेलन हुन लागेको हो । सम्मेलनमा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तब र बिशेष अतिथिको रुपमा गैरसरकारी संस्था महासँघका केन्द्रीय अध्यक्ष जितराम लामा को उपस्थिती रहने गैरसरकारी संस्था महासँघ नेपाल बाँकेका सचिब आशिष बर्माले बताए । सम्मेलनमा सामाजिक मुद्धा र नागरिक समाजको भुमिकाका बिषयमा दुई ओटा प्यानल छलफल हुने सचिब बर्माले बताए । सम्मेलन आईतबार बिहान ११ बजे देखि जिल्ला समन्वय समिती बाँकेको हलमा हुने बताईएको छ ।

  • २८ चैत्र २०७७, शनिबार प्रकाशित

  • Nabintech