नरैनापुरमा निःशुल्क लोकसेवा तयारी कक्षा शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको नरैनापुर गाँउपालिकामा निःशुल्क लोक सेवा तयारी कक्षा शुरु भएको छ ।
मधेषि मुस्लिम, दलित तथा लोकसेवाको तयारीमा रहेका व्यक्तिहरुलाई लक्षित गरि शुरु गरिएको लोक सेवा तयारी कक्षाको आज एक कार्यक्रमका बिच नरैनापुर गाँउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विजय यादब र वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाहले उद्घाटन गरेका छन् ।


तयारी कक्षाको उद्घाटन कार्यक्रमका बोल्दै वडा अध्यक्ष शाहले गाँउपालिकामा पहिलो पटक भईरहेको लोक सेवा तयारी कक्षाले लोक सेवाको तयारीमा रहेका युवाहरुलाई सहयोग पुर्याउने विश्वास ब्यक्त गरे । यसैगरी कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत विजय यादबले मधेषि तथा मुस्लिम समुदायका युवाहरुलाई सरकारी सेवामा प्रवेश गर्न कक्षा उपयोगी हुने विश्वास ब्यक्त गरे । गाँउपालिकामा नै सञ्चालन हुने कक्षाले गरिब, विपन्न तथा लोकसेवा तयारीमा रहेका युवाहरुलाई सहज हुने विश्वास ब्यक्त गरे । उनले तयारी कक्षामा नियमित रुपमा सहभागि भई पूर्ण लाभ लिन सहभागिहरुलाइ अनुरोध गरे । कार्यक्रममा बोल्दै कक्षाका सहभागिहरुले पहिलो पटक गाँउपालिकामा नै लोक सेवा तयारी कक्षा सञ्चालनले खुसी बनाएको बताए । उद्घाटन कार्यक्रमको सञ्चालन बासका निर्देशक हेमराज भट्टले गरेका थिए ।
नरैनापुर गाँउपालिकाको सहयोग तथा बासको आयोजनामा हुने खरिदार तहको निःशुल्क लोक सेवा आयोग तयारी कक्षा एक महिना सम्म सञ्चालन हुनेछ । कक्षा नरैनापुर गाँउपालिका वडा नम्बर ५ स्थित महेन्द्र माबिको श्रोत केन्द्र हलमा सञ्चालन भईरहेको छ ।

 

  • ६ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech