स्थानीयद्धारा लकडाउनको पालना नेपालगन्ज क्षेत्र सुनसान

नेपालगन्ज क्षेत्रमा आज देखि लकडाउन

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रका आम नागरिकहरुले लकडाउनको पालना गरेका छन् ।
पछिल्ला केही दिन यता बाँकेको नेपालगन्जमा कोरोना सक्रमण बढ्दै गएपछि बुधबार राति १२ बजेवाट डिसिसिएमसि बाँकेले जारी गरेको लकडाउनको स्थानीयले पालना गरेका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा हस्ताक्षरित सुचनामा नेपालगन्ज र आसपासका क्षेत्रमा अत्यावश्यक सेवा वाहेकका सबै सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको थियो । आज बिहान देखि नै नेपालगन्ज उपमहानगर क्षेत्र अन्य दिनको तुलनामा सुनसान देखिन्थ्यो । प्रशासनले जारी गरेको सूचना बमोजिम आज बिहान ६ बजे देखि ९ बजेसम्म अत्यावश्यक सेवा अन्तरगत पर्ने व्यापार ब्यवसाय खुलेका भएपनि ९ बजे पछि भने स्वस्फूर्त ब्यवसायिहरुले आफ्नो व्यवसाय बन्द गरेका थिए । असल शासन डटकमले बिहान नेपालगन्जका मुख्य क्षेत्र बिपि चौक, धम्बोझि चौक, न्यूरोड, सदरलाईन, फुल्टेक्रा लगायतमा गरेको स्थलगत अवलोकनको क्रममा अधिकांस व्यसायीहरुले समयमा नै व्यवसाय बन्द गरेको पाइयो । छिटफुट बन्द नभएका पसललाई भने प्रहरीले बन्द गर्न अपिल गरिरहेका थिए । पहिलो चरणको कोभिड र लकडाउनको तुलनामा यस पटक आम नागरिकहरुले स्वयम् लकडाउनको पालना गरेको देखिएको छ ।


जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले बैशाख ८ गते राति १२ बजे देखि १५ गते राति १२ बजे सम्म लकडाउनको घोषणा गरेको छ । प्रशासनले जारी गरेको आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रमक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कार्वाही हुने प्रशासनले जनाएको छ ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech