नेपालगञ्जको सल्यानीबागमा चिल्ड्रेन पार्क

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज नेपालगञ्ज उप–महानगरपालिका वडा न ४ मा निर्मित चिल्ड्रेन पार्क सञ्चालनमा ल्याइएको छ ।

उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाले रिवन काटेर पार्कको उदघाटन गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा वडा नं. ४ स्थित वडा कार्यालय परिसरमै आधुनिक चिल्ड्रेन पार्क बनेको हो ।

२६ लाख ५० हजारको लागतमा निर्मीत पार्कको चारैतिर सुन्दर पर्खाल, वीच भागमा पानीको फोहरा, लाइटिङ, झुला लगायत खेल सामाग्री रहेको चिल्ड्रेन पार्क उपभोक्ता समितिका अध्यक्ष मोहम्मद सलीम मुसलमानले बताए ।

उदघाटन समारोहमा बोल्दै नगर प्रमुख रााणाले हरेक वडामा चिल्ड्रेन पार्कको अवधारणा अघि सारिएको भन्दै पार्कलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सुझाव दिए ।

नगर उपप्रमुख उमा थापा मगरले दिर्घकालिन सोंच राखेर वडाले आफना कार्यक्रम र योजना लागु गर्नु पर्ने बताईन् । कार्यक्रममा पुर्व सांसद भोला सिद्धिकी, नेकपाका बाँके प्रमुख अकल बहादुर बम लगायतले शुभकाना मन्तव्य दिएका थिए ।

खाली रहेको जग्गालाई बाल मनोरम स्थल तथा पार्क बनाइएको वडा नम्वर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले बताए । बाल उद्यान निर्माण सम्पन्न भएपछि नगरभित्र बालबालिका लागि अर्को मनोरञ्जन स्थल थपिएको उपमहानगरपालिकाले जनाएको छ ।

 

  • १८ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech