जानकीमा सार्वजनिक सुनुवाई

असल शासन प्रतिनिधि

बाँके/जानकी गाउँपालिकाले प्रवाह गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम पौष १५ गते सम्पन्न भएको छ ।

जानकी गाँउपालिकाको आयोजना तथा बासको सहजिकरणमा विभिन्न पाँच बुदें प्रतिबद्धताको घोषणा गर्दै सो सुनुवाई सम्पन्न भएको हो ।

सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा गाउँपालिकाको वडा नम्बर ३ बाबाकुटीमा निर्माणधिन सभाहल निर्माण कार्य तत्काल सम्पन्न गरि गाँउपालिका कार्यालय सोही स्थानबाट सञ्चालन गर्ने, गत आर्थिक बर्षमा सञ्चालीत योजना तथा कार्यक्रमहरु समयमा सम्पन्न नभएको भन्ने गुनासो आएकाले चालु आर्थिक बर्षका सम्पूर्ण योजना तथा कार्यक्रमहरु बैशाख मसान्त भित्र सम्पन्न गर्ने गरि काम गर्ने, गाँउपालिका स्थित कृषकहरुले समयमा मल नपाएको लगायतका कृषकका समस्याहरु समाधानका लागि आवश्यक पहल गर्ने, गाँउपालिका भित्र सञ्चालित योजना तथा कार्यक्रमहरुको नियमित अनुगमन गर्ने र छाडा पशु चौपायाको नियन्त्रणका लागि अन्य स्थानिय तहहरुसँग समन्वय गरी समस्या समाधानको आवश्यक पहल गर्ने प्रतिबद्धता गरिएको छ ।

बासका अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको सुनुवाईमा गाँउपालिकाले गरेको क्रियाकलापहरुको बारेमा जानकारी गाँउपालिका अध्यक्ष राम निवास यादबले गरेका थिए । सुनुवाईको शुरुवातमा सुनुवाई पूर्ब गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्रको नतिजा सार्वजनिक गरिएको थियो भने कार्यक्रममा स्वागत जानकी गाँउपालिका वडा नम्बर ४ का अध्यक्ष बिश्राम बर्माले गरेका थिए ।

सुनुवाईको सरोकारवालाको रुपमा गाँउपालिका अध्यक्ष राम निवास यादब, उपाध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर सुनार, वडा नम्बर १ का वडा अध्यक्ष मो.रजा राई, वडा नम्बर २ का अध्यक्ष चन्द्रीका प्रसाद गुप्ता, वडा नम्बर ३ का अध्यक्ष बिन्देश्वरी बर्मा, वडा नम्बर ४ का अध्यक्ष बिश्राम बर्मा, ५ का अध्यक्ष रमेश कुमार बर्मा, ६ का अध्यक्ष सुरेश अहिर, गाँउपालिकाका लेखा अधिकृत दिनेश सिंह ठाकुर बिषयगत शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

  • १८ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech