जनप्रतिनिधि र स्थानीय बिच छलफल

असल शासन प्रतिनिधि

नेपालगञ्ज /सात बुँदे प्रतिबद्धता व्यक्त गर्दै नेपालगञ्ज उपमहानगरपालिक वडानम्बर ४ का जनप्रतिनिधि र नागरिकहरु बिचको छलफल कार्यक्रम सम्पन्न भएकोछ।

बास नेपालगञ्ज र एकाउण्टेबिलीटि ल्याबको साझेदारीमा संचालित जवाफदेहिताका लागि आर्थिक पारदर्शिता कार्यक्रम अन्तरगत जनप्रतिनिधिहरु र स्थानीय सरोकारवाला निकायहरु विच छलफल कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको हो ।

छलफलको अन्तमा जारी गरिएका प्रतिवद्धताहरुमा सार्वजनिक जग्गा खोजि गरि सार्वजनिक शौचालय निर्माण गर्ने, सडक पेटि अतिक्रमण तत्काल हटाउने, वडा नं ४ का धेरै स्थानमा पानीको नल्कामा आर्सेनिक भेटिएकोले वडाबाट आर्सेनिक परिक्षण गर्न पहल गर्ने, लक्षित वर्गको कार्यक्रम सञ्चालनका लागि स्थानीय समुह र संस्थालाई प्राथमिकता दिने, खानेपानी लाईन नभएको स्थानहरुमा लाईन जडानकालागि खानेपानी संस्थानलाई सिफारिस गर्ने, सडक बत्ति नभएको स्थानमा तत्काल सडक बत्ति जडान गर्ने, सरसफाई मुक्त वडा बनाउन सवैजना जागरुक हुने र वडाले सरसफाई अभियान संचालन गर्ने रहेका छन् ।

९० बढि स्थानीयहरुको सहभागिता रहेको कार्यक्रममा वडानम्बर ४ का वडाध्यक्ष मो. सफिक बेहनाले वडाको बजेट सार्वजनिक गरेका थिए भने स्थानीयहरुले सडक निर्माण, सुधार, सरसफाई, वडाको लक्षित बजेट आदिका बिषयमा प्रश्न गरेका थिए । प्रश्नको जवाफ सरोकारवालाको तर्फबाट वडा जनप्रतिनिधिहरु वडा अध्यक्ष मो. सफिक बेहना, सदस्यहरु ईन्दिरा कुमारी शाही, प्रताप सिंह सिजापति, मेनका जोशी, जयपत्रा कोरीले जवाफ दिएका थिए । कार्यक्रम छलफल तथा बहसमय भएको थियो ।

कार्यक्रमको संचालन बासका कार्यकारी निर्देशक तथा अकाउण्टेबिलिटि ल्यावका जिल्ला संयोजक नमस्कार शाहले सहजिकरण गरेका थिए । वडाको अवस्थावारे एकाउण्टेबिलिटि ल्यावका सिएफए छविलाल सुनारले प्रश्तुतिकरण गरेका थिए ।

  • १८ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech