राष्ट्रिय युवा महासँघ नेपालको केन्द्रीय अधिबेशन सम्पन्न, घलेको नेतृत्वमा नयाँ समिति चयन

असल शासन प्रतिनिधि

काठमाण्डौं/युवा तथा युवा संस्थाहरुको छाता सँगठन राष्ट्रिय युवा महासँघ नेपाल (निफन) को सातौं साधारण सभा तथा तेस्रो अधिबेशन काठमाण्डौंको अनामनगरमा सम्पन्न भएकोछ ।

महासँघका अध्यक्ष राजु सिंह बजिकोको अध्यक्षतामा सम्पन्न साधारणसभाको बन्दशर्तमा महासचिव सुजन घलेले प्रगति र कोषाध्यक्ष नवाक सिंह राईले आर्थिक प्रतिबेदन पेश गरेका थिए । पेश गरिएका प्रतिबेदनहरु व्यापक छलफल गरि अनुमोदन गरिएको थियो । कार्यक्रममा बिभिन्न जिल्ला शाखाका प्रतिनिधिहरुले जिल्लामा भएका गतिविधि बारे बोलेका थिए ।

सम्पन्न अधिबेशनले निवर्तमान महासचिव सुजन घलेको नेतृत्वमा नयाँ समिति चयन गरेकोछ । समितिको उपाध्यक्षमा सुर्खेतका त्रिभुवन बि.सि., दाँगका पवन अधिकारी सर्बसम्मत चयन भएका छन् भने महासचिवमा बाँकेका नमस्कार शाह निर्बिरोध चयन भएका छन् । यसैगरी सचिवमा पदमा बर्दियाकी जना भण्डारी, दैलेखका सुरेन्द्र शाही र कोषाध्यक्षमा काभ्रेका कमल प्रसाद बञ्जारा चयन भएका छन् ।

सदस्यहरुमा भक्तपुरकी प्रविना सुजबु, काठमाण्डौंकी अमिशा धिमाल, बाँकेका छबिलाल सुनार, काभे्रका भिम लामा र सोलुखुम्वुका नवाक सिंह राई छानिएका छन् । बाँकी ३ सदस्य कार्यसमितिबाट मनोनित गरिने बैद्यानिक प्राबधान बमोजिम मनोनित गर्ने महासँघले जनाएकोछ । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति संयोजक हिरेन्द्र शाही र निबर्तमान अध्यक्ष राजु सिंह बजिकोले बधाई ज्ञापन गरेका थिए ।

  • २८ पुष २०७५, शनिबार प्रकाशित

  • Nabintech