बर्दियामा सूचनाको हक बिषयक अभिमुखिकरण सम्पन्न

असल शासन प्रतिनिधि

बर्दिया/सुशासन तथा सूचनाको हक बिषयक अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाको आयोजना, राष्ट्रिय सूचना आयोग काठमाण्डौंको सहकार्य र बास बर्दिया शाखाको सहआयोजनामा सो अभिमुखिकरण सम्पन्न भएको हो ।

बर्दिया स्थित ८ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगाएत बर्दियाका सबै सरकारी कार्यालय प्रमुखहरुको सहभागिता रहेको अभिमुखिकरणमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हक, सुशासन, नैतिकता, सकारात्मक सोच, स्थानीय तहको प्राथमिकिकरण लगाएतका बिषयहरुमा प्रशिक्षण दिएका थिए ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवांगले सञ्चालन गरेको कार्यक्रममा बास बर्दिया शाखाका अध्यक्ष खुमेश सुवेदीले स्वागत गरेका थिए भने कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकर थारुले गरेका थिए । कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, बासका केन्द्रीय अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह लगाएतको सहभागिता रहेको थियो ।

यसैगरी बासको साप्ताहिक कार्यक्रम ईन्स्पाईरिङ्ग युथको ११९ औं शृङ्खलामा सार्वजनिक बक्तृत्वकला प्रतियोगिता सम्पन्न सम्पन्न भएकोछ । ९ जनाले सहभागिता जनाएको प्रतियोगितामा अंकित श्रीबास्तव, जश्मिन शाह, निशा श्रेष्ठ र तपेन्द्र मलाती क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका थिए । प्रतियोगिताको निर्णायकको भूमिका कमल शाही, छबिलाल सुनार र महेन्द्र सेढाई रहेका थिए । प्रतियोगिताका बिजेताहरुलाई बासका कार्यकारी निर्देशक नमस्कार शाह, ईन्सपाईरिंग युथका संस्थापक संयोजक खेम बिष्ट लगाएत निर्णायकहरुले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन ईन्सपाईरिंग युथका कार्यक्रम संयोजक रबिन्द्र बोहराले गरेका थिए ।

  • ६ माघ २०७५, आईतवार प्रकाशित

  • Nabintech