बिन्दु कुवँर सहयोगार्थ समिति गठन

असल शासन प्रतिनिधि

नेपालगञ्ज/महिला तथा बालबालिका कार्यालय बाँकेमा कार्यरत रहि हाल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत महिला बिकास निरिक्षक बिन्दु कुवँर हाल क्यान्सर रोगबाट पीडित छन् ।

करिव १ बर्ष देखि अस्वस्थ कुवँर क्यान्सर बिरुद्धको उपचारमा छन् । आर्थिक अभावमा उनको उपचारमा कठिनाई भएकोछ । उनको उपचारमा सहयोग गर्नका लागि नेपालगञ्जमा बिन्दु कुवँर उपचार सहयोगार्थ समिति गठन गरिएकोछ ।

नेपालगञ्ज उद्योग बाणिज्य सँघकी पूर्व उपमहासचिव रचना श्रेष्ठको संयोजकत्वमा ९ सदस्सिय समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा गैर सरकारी सँस्था महासँघ नेपाल बाँकेका सचिव तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह, सदस्य सचिवमा बाल अधिकारकर्मी साहिल अन्सारी चयन भएका छन् भने सदस्यहरुमा माईती नेपाल नेपालगञ्जका प्रमुख केशव कोईराला, पश्चिम तारा नेपालकी परिना चौधरी, साना हातहरुकी संयोजक अम्बिका पुन, बाल अधिकारकर्मी श्वेता गुरुंग, नेपाल पत्रकार महासँघ बाँकेका पूर्ब अध्यक्ष रुद्र सुवेदी र अधिबक्ता सुनिल श्रेष्ठ रहेका छन् ।

समितिको सल्लाहकारमा नेपाल पत्रकार महासँघका निबर्तमान केन्द्रीय सदस्य झलक गैरे, महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा शाह रहेका छन् ।

समितिले बिभिन्न तवरले आर्थिक संकलन गरि कुवँरलाई सहयोग हस्तान्तरण गर्ने सहसंयोजक नमस्कार शाहले जानकारी दिए । शाहका अनुसार, सहयोगका लागि सबैलाई अपिल गरिनेछ ।

  • १० माघ २०७५, बिहीबार प्रकाशित

  • Nabintech