मुगुको रारामा सेवाको नक्साङकन

असल शासन प्रतिनिधि

गमगडी, मुगु । माघ १२ गते ।
कर्णाली प्रदेश मुगु जिल्ला स्थित छायाँनाथ रारा नगरपालिकामा लैगिक हिंसा तथा वाल संरक्षण सम्वन्धी सेवाको नक्सांकन माघ १२ गते गरिएको छ ।
युनीसेफ नेपाल नेपालगन्जको सहयोग, छयाँनाथ रारा नगरपालिकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा सम्पन्न एक दिने कार्यशाला गोष्ठी मार्फत सो नक्सांकन गरिएको हो । छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाहीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा बोल्दै नगर प्रमुख शाहीले छायाँनाथ रारा नगरपालिकाले महिला हिंसा र बाल संरक्षणको बिषयलाई बिशेष महत्वका साथ अगाडी बढाएको बताए । बाल विकास तथा बालबालिकाको शिक्षाका लागि नगरपालिकाले सबै भन्दा बढी लगानी गरेको उनले बताए । महिला हिंसा तथा बाल संरक्षणका लागि गरिएको नक्सांकनले नगरपालिकालाई काम गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । उनले महिला तथा बालबालिकाको सवालमा नगरपालिका जस्तो सुकै काम गर्न पनि तयार रहेको उनको प्रतिबद्धता थियो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज भट्राईले सञ्चालन गरेको कार्यशाला गोष्ठीमा सहभागिहरुलाई स्वागत नगरपालिकाका उप प्रमुख सुन्तला रोकायाले गरेकी थिईन् । बासका कार्यकारी निर्देशक नमस्कार शाहले उद्धेश्य माथि प्रकाश पारेको कार्यक्रममा बाल अधिकार, बाल संरक्षण र लैंगिक हिंसाका विषयमा लैंगिक हिंसा न्यूनीकरण तथा बाल संरक्षण कार्यक्रम संयोजक हेमराज भट्टले प्रश्तुतीकरण गरेका थिए । त्यस पश्चात सहभागिहरुको सहभागितामा समुह कार्य मार्फत सेवाको नक्सांकन गरि त्यसको प्रश्तुतीकरण गरिएको थियो ।
छायाँनाथ रारा नगरपालिकाको गमगडीमा भएको कार्यक्रममा नगर प्रमुख हरिजङ्ग शाही, उप प्रमुख सुन्तला रोकाया, प्रमुख प्रशासकिय अधिकृत तिर्थराज भट्टराई, महिला तथा बालबालिका शाखाकी नविना न्यौपाने, शिक्षा, स्वास्थ्य शाखाका प्रमुख, जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरिक्षक राजेन्द्र बाबु रेग्मी, नेपाल पत्रकार महासंघ मुगुका उपाध्यक्ष दान बहादुर बुढा, रेडीयो मुगुका स्टेशन म्यानेजर नन्द बहादुर रोकाया, युएमएन मुगुका हिरालाल श्रेष्ठ, युनिसेफ नेपालगन्जकी ईन्द्रकला तामाङ्ग लगायत नगरभित्र काम गर्ने गैरसरकारी संस्थाहरु लगायत ३० जनाको सहभागिता रहेको थियो । 

  • १२ माघ २०७५, शनिबार प्रकाशित

  • Nabintech