गजल, पबित्रा रुन्चि,

असल शासन प्रतिनिधि

देश बनाउँछु भन्नेहरूले देश लुटिरहेका छन्
जनताका सपनाहरू सिसा झैँ फुटिरहेका छन्

नियम बनाउछन आफै उलंघन गर्छन् हाम्रा नेता।
आफ्नो खल्ति भर्दै राज्यको धन भुटि रहेका छन्

कति सम्म अन्जान छौँ हामी सोझा जनताहरू ।
भ्रस्टाचारीहरू देश रित्याउन जुटि रहेका छन्

अपराध गर्छ गुन्डा नाइके ढाकछोप गर्छ सरकार ।
समाएर सोझा जनताहरुलाई दिनहुुँ कुटि रहेका छन्

बल्ल थाहा हुँदैछ देश बेच्दै छन् भनेर भ्रस्टाचारीले।
समृद्ध नेपाल हेर्ने जनताका सपना टुटि रहेका छन्

 

  • १३ माघ २०७५, आईतवार प्रकाशित

  • Nabintech