अख्तियारकै कर्मचारी अख्तियारको फन्दामा

असल शासन प्रतिनिधि

नेपालगन्ज, माघ १३ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एक प्रहरी सहायक निरिक्षक घुस लिईरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारी घुस लिदै गर्दा पक्राउ परेको बताईएको छ । प्राप्त जानकारी अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयबाट खटिएको टोलीले उनलाई घुससहित नेपालगन्जमा पक्राउ गरेको हो । ४ लाख घुससहित रंगेहात पक्राउ परेका अधिकारीलाई आवश्यक कारबाहीका लागि केन्द्रिय कार्यालय लगिएको बताईएकोछ । यद्धपी यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयले भने पुष्टी गरेको छैन ।

  • १३ माघ २०७५, आईतवार प्रकाशित

  • Nabintech