जनप्रतिनिधि र नागरिकहरु बिच छलफल

असल शासन प्रतिनिधि

नेपालगञ्ज/छ बुँदे प्रतिबद्धता व्यक्त गर्दै नेपालगञ्ज उपमहानगरपालिका वडानम्बर २ का कार्यक्रम माघ १७ गते सम्पन्न भएकोछ ।

बास नेपालगञ्ज र एकाउण्टेबिलीटि ल्याबको साझेदारीमा संचालित जवाफदेहिताका लागि आर्थिक पारदर्शिता कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको हो ।

कार्यक्रमको अन्तमा जारी गरिएका प्रतिबद्धताहरुमा वडावाट योजना तर्जुमा गर्दा सहभागितामूलक योजना तजुमा प्रकृया अवलकन गरेर अल्पकालिन र दिर्धकालन योजना छनोट प्रक्रिया अवलकन गर्ने, वडा भित्र रहेको सामुदायिक विधालयको सुधारका लागि विशेष कार्यकम सन्चालन गर्ने, वडाभित्र रहेको विभिन्न नालाहरुको सरसफाइ र ढल निकासका लागि नेपालगन्ज उपमहानगरपालिकासग समन्वय गर्ने, वडाभित्रका सबै टोलहरुको समान विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा योजना तर्जुमा गर्ने, हरेक टोलमा टोल समिति गठन गर्ने र वडाभित्र सच्चालन हुने कार्यकम योजनाको पारदाशिता, गुणस्तरियता र प्रभावकारीता अभिबृद्धि गर्ने रहेका छन् ।

परियोजनाका सिएफए रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा परियोजनाका जिल्ला संयोजक नमस्कार शाहले स्वागत तथा उद्धेश्य माथि प्रकाश पारेका थिए भने वडाध्यक्ष सुनिल सिंह हमालले वडाको कार्यक्रम र बजेट बारे जानकारी गराएका थिए । वडाका जनप्रतिनिधि र स्थानीय बिच बिकास निर्माण लगाएतका बिषयमा ढेढ घण्टा बढि प्रश्नोत्तर भएको थियो । १३० बढिको सहभागितामा कार्यक्रम समपन्न भएको थियो ।

  • २१ माघ २०७५, सोमबार प्रकाशित

  • Nabintech