बासको बनभोज ढकेरीमा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ भ्रष्टाचार बिरुद्ध क्रियाशिल बासको १८ औं बार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण बनभोज कार्यक्रम माघ १९ गते बाँकेको ढकेरीमा सम्पन्न भएकोछ ।

पारस्परिक सद्भावका लागि उक्त कार्यक्रम सम्पन्न गरिएको बासले जनाएकोछ । बासका पदाधिकारी, सदस्य, कर्मचारी, स्वयंसेवक लगाएत ६० बढिको उपस्थिती रहेको कार्यक्रममा बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले संस्थाको स्थापना देखि हाल सम्मका गतिविधिहरु बारे चर्चा गरेका थिए ।

कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै बासका अध्यक्ष मन भण्डारीले आपसि भातृत्व, सद्भाव अभिबृद्धिका लागि बनभोज कार्यक्रम आयोजना गरिएको बताए ।

बासका महासचिव छबिलाल सुनार र स्वयंसेवक संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा मुना बिष्ट, तपेन्द्र मलातीले गजल प्रश्तुत गरेका थिए भने जस्मिन शाह, किरण भट्ट, सम्भव सिटौला, मिनु गुप्ता, ममता पुन मगर, शोभा थापा लगाएतले नृत्य गरेका थिए । कार्यक्रममा मन भण्डारी, छबिलाल सुनार, शोभा थापा मगर, जनक थापा, तपेन्द्र मलातीले नाटक प्रश्तुत गरेका थिए ।

त्यसैगरी बनभोजमा बिभिन्न खेलहरु समेत खेलाईएको थियो । घैंटो फोड प्रतियोगितामा मन भण्डारी र आजश्वि जोशी बिजयि भएका थिए भने तातो आलु खेलमा बास बाँके शाखाका पूर्व सचिव अस्लम भाट बिजयि भएका थिए । त्यसैगरी चुरा खेलमा ममता पुन बिजयि भएकि थिईन् । बिजयि प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

बनभोजमा नेपालगञ्ज उद्योग बाणिज्य सँघकी पूर्व उपमहासचिव रचना श्रेष्ठ, बासका पूर्ब अध्यक्ष भाईराजा श्रीबास्तव, बासका पूर्ब सचिव रमेश सिटौला, पूर्व सहसचिव बिबेक पराजुली लगाएतको उपस्थिती रहेको थियो ।
बासले बार्षिकोत्सवको अवसरमा बनभोज कार्यक्रम आयोजना गर्दै आएको छ ।

  • २१ माघ २०७५, सोमबार प्रकाशित

  • Nabintech