वडा-वडामा दोहोरो सम्बाद

असल शासन प्रतिनिधि

नेपालगञ्ज/स्थानीय तहको निर्बाचन भएको दुई बर्ष नाघिसकेकोछ । आफुले चुनेर पठाएका जनप्रतिनिधि र नागरिक बिच दोहोरो सम्बाद हुन नसक्दा स्थानीयहरुमा असन्तुष्ट छन् । त्यहि असन्तुष्टिलाई न्यून गर्न अकाउण्टबिलिटि ल्याव र बासले वडा स्तरमा दोहोरो सम्बादको प्रकृयाको थालनि गरेका छन् ।

सोही अभियान अन्र्तगत  नेपालगञ्ज उप–महानगरपालिकाको वडा नं ५ मा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जवाफदेहिताकालागि आर्थिक पारदर्शिता परियोजना अन्तरगत उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागि स्थानीयहरुले खुलेर आफ्ना सवालमा जनप्रतिनिधिहरुलाई प्रश्न सोधेका थिए । स्थानीय राधा अन्सारीले आमा समुहलाई बजेट नछुट्टाउनुको कारण सोधेकि थिईन् । स्थानीय बिरेन्द्र महर्जनले गत आ.ब.को बजेट मध्ये १२ लाख फिर्ता हुनुका कारण माग गरेका थिए ।

अन्य सहभागिहरुले बाटो, नाला निर्माण लगाएतका बिषयमा प्रश्न गरेका थिए । प्रश्नहरुको उत्तर वडा अध्यक्ष कैफुल वरा जोलाह, वडा सदस्य ज्ञानमान श्रेष्ठ, वडा सदस्य साईद हलवाई, वडा सचिव राज सिंह सिजापति लगाएतले दिएका थिए ।

७० बढिको सहभागिता रहेको कार्यक्रमको अन्तमा ६ बुंदे प्रतिबद्धता जाहेर गरिएको थियो । जसमा वडामा आयको बजेटलाई फिर्ता नजाने गरि विकास निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउने, हाल सम्म वडामा युवा क्लव नभएकाले तत्काल युवा क्लव गठन गर्ने, भट्टा टोल र कसाई टोलमा सडक बत्ति तत्काल जडान गर्ने, स्थानीयहरुको सहमति भई आएमा भट्टा टोलमा नाला सहितको सडक बनाउने, बेहना टोलमा फोहर व्यवस्थापन गर्नका लागि चार वटा डस्टविन उपलब्ध गराउने प्रतिवद्धता र आमा समुहकोलागि बजेट व्यवस्थापन गर्ने रहेका छन् ।

कार्यक्रमको उद्देश्य तथा परियोजनाको वारेमा जानकारी बासका कार्यकारी निर्देशक तथा जिल्ला संयोजक नमस्कार शाहले गरेका थिए भने प्रतिवद्धताको घोषणा प्रस्तुत परियोजनाका सामुदायिक अगुवा समन्वयकर्ता रविन्द्र बोहोराले गरेका थिए भने कार्यक्रम संचालन सामुदायिक अगुवा समन्वयकर्ता छविलाल सुनारले गरेका थिए ।

  • २१ माघ २०७५, सोमबार प्रकाशित

  • Nabintech