जनप्रतिनिधिसँग जवाफदेहिता सम्बाद, परियोजनाले वडाको काम प्रभावकारी बन्दै

असल शासन प्रतिनिधि

नेपालगन्ज, माघ २४ ।
जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्तरगत माघ २४ गते नेपालगन्जमा जनप्रतिनिधिहरुसँग जवाफदेहिता सम्बाद गरिएको छ ।
अमेरीकी दुतावासको सहयोगमा एकाउन्टविलिटी ल्याव र वास नेपालगन्जको सहकार्यमा गरिएको कार्यक्रममा उपस्थित वडा अध्यक्षहरुले परियोजनाले वडाको काममा प्रभावकारीता ल्याएको बताएका छन् । परियोजनाका क्रियाकलापले वडाको कार्य सम्पादनमा सहज भएको उनीहरुको भनाई रहेको थियो । छलफलको क्रममा जनप्रतिनिधिहरुले सार्वजनीक सुनुवाई कार्यक्रम लाई आफ्नो वडामा नियमित रुपमा सञ्चालन गर्ने तथा सेवाग्राहीको सहजताका लागि वडामा नागरिक सहायता कक्षको स्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालीकाका १२ वटा वडामा सन्चालीत परियोजना अन्तरगत आर्थीक पारदर्शीताबारे जनातालाई सचेत बनाउदै वडामा भइरहेका गतिविधि सबै नागरीकमाझ पु¥याउने उद्येश्यका साथ लागु भएको कार्यक्रमका जिल्ला संयोजक नमस्कार शाहले बताए । छलफल कार्यक्रममा परियोजनाको प्रगति बारे जानकारी गराउदै शाहले हालसम्म १२ वडाका १ हजार नागरीकसंग वडाले प्रवाह गरेका सेवा सुविधाका बारेमा जानकारी लिएर प्रतिवेदन तयार पारीएको र उक्त प्रतिवेदन केहि दिनमै सार्वजनिक गर्ने तयारी रहेको बताए । परियोजना अन्तरगत विभिन्न फरक फरक समुह गरि हालसम्म २७ वटा छलफल सम्पन्न गरीएको उनको भनाई थियो ।
परियोजनाका समुदाय अगुवा सहजकर्ता रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका केन्द्रीय अध्यक्ष मन भण्डारीले गरेका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालीका वडा नं १ का अध्यक्ष प्रमोद रीजाल, २ का अध्यक्ष सुनिलसीँह हमाल, ८ का अध्यक्ष सुरेन्द्र गुप्ता वैश्य, १० का अध्यक्ष विन्दुभुषण वस्नेत, १२ का अध्यक्ष वुद्धिसागर सुवेदि, १७ का अध्यक्ष अजय कुमार पाठक, १८ का दिपक कुमार वर्मा, २० काअध्यक्ष कृष्ण कार्की, वडा नम्बर २२ का वडाध्यक्ष विद्याराम कुर्मी र वडा नम्रब १३ का वडासचिव रामकुमार पौडेलको सहभागिता रहेको थियो । 

  • २४ माघ २०७५, बिहीबार प्रकाशित

  • Nabintech