मालपोत अगाडी पछुतो प्रर्दशन

असल शासन प्रतिनिधि

नेपालगन्ज । माघ २८ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं स्थापना दिवसको अवसरमा आज नेपालगन्जमा जनचेतना मुलक सडक नाटक पछुतो प्रर्दशन गरिएको छ ।
सार्वजनिक ओहदामा बसेको राष्ट्रसेवक कर्मचारीले आफ्नो अख्तियारीको दुरुपयोग गर्दा भोग्ने परिणाम सँगै अख्तियारको कामका बारेमा आम नागरिकहरुलाई जानकारी गराउने उद्धेश्यले सो नाटक प्रर्दशन गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटबल सम्पर्क कार्यालय नेपालगन्जको आयोजना तथा बास नेपालगन्जको पस्तुतीकरणमा सडक नाटक पछुतो प्रर्दशन गरिएको हो । नेपालगन्ज स्थित मालपोत कार्यालय अगाडी प्रर्दन गरिएको सडक नाटकको अवलोकन बाँकेका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायत आम नागरिकहरुले गरेका थिए । सडक नाटकमा बासका कलाकारहरु जित बहादुर थापा, शोभा थापा मगर, रबिन्द्र बोहरा, शर्मिला थापा, तपेन्द्र मलाती, देवा बहादुर क्षेत्री, अन्जना चर्तुबेदीले अभिनय गरेका थिए ।
यसैगरी आज नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबल सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

  • २८ माघ २०७५, सोमबार प्रकाशित

  • Nabintech