बिसिसि कार्यक्रम अन्तरगत बाल क्लबलाई अभिमुखिकरण

असल शासन प्रतिनिधि

नेपालगन्ज, माघ २९ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ स्थित वडा स्तरीय बाल क्लब संजालका पदाधिकारीहरुलाई आज अभिमुखिकरण गरिएको छ ।
युनिसेफ नेपालको सहयोग, नेपालगन्ज उपमहानगरपालिका र सिविस काठमाण्डौको सहकार्य तथा बास नेपालगन्जको आयोजनामा सञ्चालीत ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम अन्तरगत सो अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको
हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाहको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष शाहले बाल अधिकार संरक्षणका लागि अभिभावक सचेतना जरुरी रहेको बताए । बाल क्लब संजाल सक्रिय रहेको भन्दै उनले बाल बालिका सँगै अभिभावकहरुलाई बाल अधिकार संरक्षणको बारेमा अभिमुखिरण तथा जानकारी गराएमा बाल अधिकार संरक्षणमा टेवा पुग्ने बताए । ब्यवहार परिवर्तन संचार कार्यक्रम अन्तरगत हुने घर दैलो कार्यक्रम मार्फत अभिभावकहरुमा बाल अधिकार सम्बन्धी सन्देस पुग्ने उनको बिश्वास थियो । अभिमुखिकरणको उद्घाटन कार्यक्रममा बोल्दै वडा स्तरीय बाल संरक्षण समिति सदस्य गोबिन्द प्रसाद घिमिरेले वडामा रहेका बाल क्लब तथा बाल बालिकाहरुको लागि संरक्षण समिति क्रियाशिल रहेको बताए । उनले ब्यवहार परिवर्तन संचार कार्यक्रमका हरेक क्रियाकलापहरुमा संरक्षण समिति पूर्ण रुपले सहयोग गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा वडा सचिब राम कुमार पौडेलको समेत उपस्थिती रहेको थियो । बासका सामाजिक परिचालक रुपा चौधरीले संचालन गरेको कार्यक्रममा बाल संरक्षण तथा बाल अधिकार र ब्यवहार परिवर्तन सञ्चार कार्यक्रमका बारेमा बासका उपनिर्देशक हेमराज भट्टले सहजिकरण गरेका थिए । सो अभिमुखिकरणमा वडा स्तरीय बाल क्लब संजालका सल्लाहकार गणेश पाण्डे, अध्यक्ष रिङकु कनौजिया, सञ्जालका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । बासले नेपालगन्ज उपमहानगरपालिकाका ११ वटा वडामा ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम सञ्चालन गरेको छ । 

  • २९ माघ २०७५, मंगलवार प्रकाशित

  • Nabintech