मनिकापुरमा लैंगिक हिँसा बिरुद्ध तालिम

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिकाको वडानम्वर २० मनिकापुरमा लैंगिक हिँसा बिरुद्ध २ दिने सचेतनामूलक तालिम सम्पन्न भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको वडानम्वर २० को सहयोग र भ्वाईस नेपालगञ्जको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।

वडाका ६० जना महिलाहरुको सहभागिता रहेको तालिममा बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह र उपनिर्देशक  हेमराज भट्टले लैंगिक हिँसा, लिंग, लैङ्गिकता, लैंगिक हिँसाका प्रकार, लैंगिक हिँसाका स्वरुप, लैंंगिक हिँसा बिरुद्धका कानुनी प्रावधान, लैंगिक हिँसा बिरुद्ध महिलाहरुको भूमिका लगाएतका बिषयमा प्रशिक्षण दिएका थिए ।

मंगलबार देखि शुरु भएको तालिमको समापन आज भएकोछ । समापनमा बोल्दै वडाध्यक्ष कृष्ण बहादुर कार्कीले दिनहुँ बढिरहेको लैंगिक हिँसा न्यूनिकरणका लागि सचेतना जगाउने उद्धेश्यले तालिम आयोजना गरिएको बताए ।

समापनमा प्रतिकृया मन्तव्य दिँदै सहभागि आईला बोहराले तालिमबाट धेरै उपयोगी कुराहरु सिकेको बताईन् । समापन कार्यक्रम भ्वाईसकी कार्यक्रम संयोजक शोभा थापा मगरले सञ्चालन गरेकि थिईन् ।

  • १ फाल्गुन २०७५, बुधबार प्रकाशित

  • Nabintech