बडीमालिकामा सूचना ब्यवस्थापन तालिम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज।
बडीमालिका नगरपालिका बाजुराकी उप प्रमुख तथा न्यायीक समिति संयोजक कबिता बिष्टले समितिमा आउने उजुरी एबम गुनासाहरुलाई ब्यवस्थीत गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् ।
युनिसेफ नेपाल नेपालगन्जको सहयोग, बडीमालिका नगरपालिकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा फाल्गुन ५ गते बडीमालिकामा सम्पन्न एक दिने लैंगिक हिंसा सूचना ब्यवस्थापन तालिममा बोल्दै उप प्रमुख बिष्टले यस्तो प्रतिबद्धता ब्यक्त गरेकी हुन । न्यायीक समितिमा आउने हरेक गुनासा तथा उजुरीहरुलाई ब्यवस्थापन गरि नमुना पालिका बनाउनेमा उनको जोड थियो । हाल सम्म विना फरमेट काम हरु भईरहेकोले भन्दै तालिम पश्चात सुचना ब्यवस्थापनका लागि तयार पारिएका फरमेर्टहरुको प्रयोग गरि ब्यवस्थापन गर्ने उनले बताईन् । नगरपालिकामा आउने घट्नाहरु दर्ता गर्ने तथा दर्ता भएका घट्नाहरुमाथि हुने काम कार्वाहीलाई ब्यवस्थित गर्न तालिम निकै प्रभावकारी भएकोमा उनको जोड थियो । तालिम नगरपालिकामा पहिलो पटक भएको भन्दै तालिमले सूचना ब्यवस्थापनमा निकै सहयोग पुग्नेमा सहभागिहरुको जोड थियो ।
लैंगिक हिंसा सूचना ब्यवस्थापन तालिममा न्यायीक समितिको काम, कर्तब्य र अधिकार तथा अन्य कानुनी ब्यवस्थाहरुका बारेमा नगरपालिकाका कानुनी सल्लाहकार तथा अधिबक्ता हर्क खडायतले सहजिकरण गरेका थिए । नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख केशरी रोकायाले स्वागत गरेको तालिममा सूचना ब्यवस्थापन तथा सूचना ब्यवस्थापन फर्मका बारेमा कार्यक्रम संयोजक हेमराज भट्ट र बासका केन्द्रीय महासचिब छबीलाल सुनारले सहजिकरण गरेका थिए । तालिममा विभिन्न घट्नाहरुमा सहभागिहरुले अभ्यास समेत गरेका थिए ।
तालिममा नगरपालिका उपप्रमुख तथा न्यायीक समिति संयोजक कविता बिष्ट, निमित्त प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारी, वडा नम्बर १ देखि ९ का वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्य, न्यायीक समिति सदस्य, जिल्ला प्रहरी कार्यालय बाजुरा महिला शेलमा कार्यरत ललित सिंह कार्की र कमला रावत, नगरपालिकाका सुचना तथा संचार अधिकृत हेम थापा, महिला तथा बाल बालिका शाखा प्रमुख केशरी रोकायाय, सामाजिक विकास शाखा, स्वास्थ्य शाखा लगायत गरी २८ जनाको सहभागिता रहेको थियो ।

  • ९ फाल्गुन २०७५, बिहीबार प्रकाशित

  • Nabintech