बासको उदयपुर ईकाई पूर्नगठन

असल शासन प्रतिनिधि

नेपालगन्ज । फाल्गुन १३ गते ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १३ उदयपुरमा आज सम्पन्न युवाहरुको भेलाले बास उदयपुर ईकाई पूर्नगठन गरेको छ ।
वडा कार्यालयमा भएको भेलाले गणेश पाण्डेको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो । पूर्नगठित ईकाईको उपाध्यक्षमा गिता सिंह, सचिबमा राधिका अधिकारी, सह–सचिबमा सञ्जीला डिसी र कोषाध्यक्षमा मिना चौधरी सर्वसम्मत चयन भएका छन् । यसैगरी ईकाईको सदस्यहरुमा क्रमशः सुनिल मिश्र, महेश्वरी सिंह, लक्ष्मी सिंह, सुस्मीता सिंह, बिष्णु शर्मा र सुधा सिंह चयन भएका छन् ।
नेपालगन्ज उप–महानगरपालिका १३ नम्बर वडा कार्यालयका सदस्य ओम प्रकास चौहान, वडा सचिब राम कुमार पौडेल, वडा बाल संरक्षण समितिका संयोजक गोबिन्द प्रसाद घिमिरे, बासका केन्द्रीय महासचिब छबीलाल सुनार, बासका उपनिर्देशक हेमराज भट्ट, बास बाँके शाखाकी कोषाध्यक्ष सामना कडेंल, सदस्य रुपा चौधरी लगायतको उपस्थितीमा ईकाई पूर्नगठन भएको हो ।
आज नै पूर्नगठन भएको ईकाईको पहिलो बैठकले वडा सदस्य ओम प्रकास चौहान र वडा बाल संरक्षण समितिका संयोजक गोबिन्द प्रसाद घिमिरेलाई ईकाईको सल्लाहकारमा मनोनित गरिएको अध्यक्ष गणेश पाण्डेले बताए ।

  • १३ फाल्गुन २०७५, सोमबार प्रकाशित

  • Nabintech