कबिता, सन्ध्या सापकोटा

असल शासन प्रतिनिधि

च्यातिदेउ सरकार ! मेरो बलात्कृत तस्वीर ः
आऊ! सरकार, च्यातिदेउ मेरो तस्बिर ।
मेरो तस्बिरले तिम्रो देश फोहोर भएकोछ,
मेरो तस्बिरले तिम्रो सत्तामा दाग लागेकोछ,
तिम्रो सिंहदरबारमा घेराउ लागेकोछ,
मेरो रगतले तिम्रो सरकार अछुत भएकोछ,
मेरो रगतले तिम्रो कमिज मैलिएकोछ,
तिम्रो सरकारमा बादल लागेकोछ,
तिम्रो अनुहारमा डर छाएकोछ,
तिम्रो पैसाको महल भत्किन लागेकोछ ।
सडकको पोल पोलमा म टासिंएको छु,
आऊ ! सरकार मेरो फोहोर तस्बिर हटाउ
तिम्रो रङ्गिन तस्बिर रङ्गाउ
तिम्रो न्यायदिने सरकार बनाउ
तिम्रो सत्ताको इतिहास बनाउ ।
जहाँ च्यात्नको लागि कुनै कर तिर्नुपर्दैन,
च्यातिदेउ सरकार ! मेरो बलात्कृत तस्बिर
यो तस्बिर च्यात्न मनाही लेखिएको छैन

  • १३ फाल्गुन २०७५, सोमबार प्रकाशित

  • Nabintech