स्वतन्त्र पत्रकार सँघको दोश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः शाह

असल शासन प्रतिनिधि

बाँके/स्वतन्त्र पत्रकारहरुको छाता सँगठन स्वतन्त्र पत्रकार सँघ नेपाल बाँके शाखाको दोश्रो अधिबेशन फाल्गुण १८ गते सम्पन्न भएकोछ ।

जिल्ला समन्वय समिति, बाँकेका प्रमुख अजय श्रीबास्तवले अधिबेशनको उद्घाटन गर्दै पत्रकारिता जगत स्वतन्त्र नहुँदा समाज पछि परेको बताए । उनले हरेक कुरामा राजनीतिकरण हुँदा पत्रकारहरु पनि दलहरुमा बिभाजित भएको बताए । पत्रकारहरुनैं दलमा बिभाजित भए बिभाजित पत्रकारबाट समाजले सहि सूचना नपाउनु स्वभाविक भएको बताए । उनले पत्रकारिता स्वतन्त्र नहुँदा काम गरिरहेका व्यक्तिहरु समेत ओझेलमा परेको उनले बताए ।

कार्यक्रममा बोल्दै बिशिष्ठ अतिथी स्वतन्त्र पत्रकार सँघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले पत्रकारिताको सुदृढिकरण र सवलिकरणका लागि स्वतन्त्र पत्रकारिता आवश्यक रहेको बताए । उनले पत्रकारितामा भईरहेको व्यापक राजनीतिकरण बिरुद्ध स्वतन्त्र पत्रकार सँघ स्थापना भएको बताए ।

सँघका राष्ट्रिय महासचिव नवराज पहाडीले स्वतन्त्र पत्रकारिता पत्रकारिताको पेशागत धर्म भएको बताए । देशभरका स्वतन्त्र पत्रकारहरुलाई सँगठित गर्दै १९ जिल्लामा शाखा बिस्तार गर्न सँघ सफल भएको उनले बताए । स्वतन्त्र पत्रकारिताको जगेर्ना गर्नका लागि आईपर्ने हरेक बाधा, व्यवधानहरुलाई सामना गर्न सँघ तयार रहेको उनको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै अग्रज पत्रकार पूर्णलाल चुकेले स्वतन्त्र पत्रकारितालेनैं समाजलाई जागरुक बनाउने बताए । उनले जीवनको लामो समय स्वतन्त्र पत्रकारितामा बिताएको अनुभव उनले सुनाएका थिए । पत्रकारहरु राजनीतिमा बिभाजित हुँदा समाजमा नकारात्मक सन्देश प्रबाह भएको उनले बताए ।

कार्यक्रममा सँघका राष्ट्रिय कोषाध्यक्ष बिरेन्द्र पाण्डे, उपमहासचिव राजेन्द्रजँग रायमाझि, राष्ट्रिय पार्षद डि.आर.सुमन, नेपाल पत्रकार महासँघ प्रदेश नम्बर ५ का सचिव शुक्रऋषी चौलागाईं, राष्ट्रिय सदस्य मन भण्डारी लगाएतले बोलेका थिए ।

शाखाका उपाध्यक्ष छबिलाल सुनारले सञ्चालन गरेको कार्यक्रममा सचिव हेमराज भट्टले स्वागत गरेका थिए ।
३ अग्रज पत्रकारहरुलाई सम्मान :

शाखा अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न अधिबेशनमा बाँकेका ३ अग्रज पत्रकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव, बिशिष्ठ अतिथी स्वतन्त्र पत्रकार सँघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले बाँके जिल्लालाई कर्मथलो बनाई पत्रकारिताको बिकास र सम्बद्र्धनका लागि महत्वपूर्ण योगदान निर्वाह गर्नुहुने प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता, बरिष्ठ पत्रकार पूर्णलाल चुके र हेमन्त कर्माचार्यलाई सम्मान प्रदान गरेका थिए ।

सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर वहाँहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अस्वस्थताका कारण बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य अनुपस्थित रहेका थिए ।

अग्रज पत्रकारहरुको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको सँघले जनाएको छ । यसैगरी सम्पन्न बन्दशर्तले पुनः पत्रकार नमस्कार शाहलाई शाखाको अध्यक्षमा सर्बसम्मत चयन गरिएको छ ।

७ सदस्सिय कार्य समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः हेमराज भट्ट, छबिलाल सुनार, शम्भु शाही र मुना बिष्ट चयन भएका छन् भने सदस्यहरुमा खेम बिष्ट र दिला शाह निर्विरोध चयन भएका छन् । २ सदस्य मनोनित गर्ने सँघको प्रावधान बमोजिम कार्य समितिले मनोनित गर्ने सँघले जनाएको छ ।

नवनिर्वाचित कार्य समितिलाई प्रदेश नम्बर ५ का संयोजक रमेश सिटौला, राष्ट्रिय अध्यक्ष बास्तोला, महासचिव पहाडी लगाएतले बधाई ज्ञापन गरेका थिए ।

  • १८ फाल्गुन २०७५, शनिबार प्रकाशित

  • Nabintech