नेपालगन्ज १५ मा बाल अधिकार संरक्षण सम्बन्धी अभिमुखिकरण

असल शासन प्रतिनिधि

नेपालगन्ज । फाल्गुन १९ ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १५ मा बाल अधिकार संरक्षण सम्बन्धी अभिमुखिकरण आज सम्पन्न भएको छ ।
वडा स्तरीय बाल क्लब सञ्जाल तथा वडामा रहेका बालबालिकाहरुको सहभागितामा सो अभिमुखिकरण सम्पन्न भएको हो । बालबालिकाहरुलाई बाल अधिकार संरक्षणका बारेमा अभिमुखिकरण गर्ने, बाल क्लबको महत्व, बाल क्लबले गर्नुपर्ने कामहरु तथा ब्यवहार परिवर्तन सञ्चार कार्यक्रमका बारेमा जानकारी गराउने उद्धेश्यले सो अभिमुखिकरण गरिएको हो । अभिमुखिकरणमा बाल अधिकार सँरक्षण तथा बाल क्लबले गर्नुपर्ने कार्यहरु लगायतका बिषयमा बासका उपनिर्देशक हेमराज भट्टले सहजिकरण गरेका थिए । भने ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम र कार्यक्रम अन्तरगत हुने क्रियाकलापका बारेमा कार्यक्रमकी सामाजिक परिचालक शर्मिला थापाले जानकारी गारएकी थिईन । अभिमुखिकरणमा बाल क्लबको महत्व, फाईदा तथा बाल क्लबबाट आफुमा आएको परिवर्तनका बारेमा वडा स्तरीय बाल क्लब सञ्जालकी पूर्ब अध्यक्ष आकृती जैसीले अनुभव सुनाएकी थिईन् ।
युनिसेफ नेपालको सहयोग, नेपालगन्ज उप–महानगरपालिका र सिविसको सहकार्यमा बासद्धारा सञ्चालीत ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम अन्तरगत सम्पन्न सो अभिमुखिकरणमा ३२ जनाको सहभागिता रहेको थियो । 

  • १९ फाल्गुन २०७५, आईतवार प्रकाशित

  • Nabintech